टेरामक्स खरिद सम्बन्धी मुद्दामा खरिद प्रक्रियासँग सम्बन्धित सक्कल फाइल झिकाउन आदेश
१४ माघ २०८२
काठमाडौँ । टेरामक्स खरिद सम्बन्धी मुद्दामा विशेष अदालतले खरिद प्रक्रियासँग सम्बन्धित सक्कल फाइल झिकाउन आदेश दिएको छ । मंगलबार विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले यस्तो आदेश गरेको हो ।
उक्त मुद्दामा सार्वजनिक लेखा समितिले २०८० पुस १२ गते नेपाल दूरसञ्चार प्राधिकरणलाई खरिद कार्यलाई यथास्थितिमा राख्नू भनी दिएको निर्देशन सम्बद्ध प्रतिवेदनसहितको फाइल समेत झिकाउन आदेश गरेको छ । १ अर्ब ११ करोड ६२ लाख ५२ हजार १४३ रूपैयाँ भुक्तानी दिएर खरिद भएका सामान जडान समेत भइसकेको अवस्थामा त्यसको गुणस्तर मापन गराउन समेत आदेश गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्: