भिवनको जन्मदिनमा बाेलाेचाैक एडुकेशन एकेडेमीमा शैक्षिक तथा खेलकुद सामाग्री वितरण

२७ माघ २०८२

 

झापा । शिवसताक्क्षी नगरपालिका ५ का समाजसेवी जुनु कुमारी ताजपुरियाले आफ्ना छोरा भिवन(कृतक) को जन्म दिनको अवसरमा बालबालिकाहरुलाई आवश्यक शैक्षिक सामाग्री वितरण गरेकी छिन्।

छोरा भिवनको पाँचौ जन्मदिनको अवसर पारी शिवसताक्क्षी ४ बोलोचौक स्थित बोलोचौक एजुकेशन एकेडेमीलाई ११ दर्जन कापि, पेन्सिल, खेलकुद सामाग्री र एकेडेमीका बालबालिकाहरूलाइ आवश्यक खेल्ने खेलाैनाहरू बितरण गरेका हुन्।

जन्मदिनमा आफ्नो गाउँ ठाउँका बालबालिकाहरूलाई पठन पाठनमा सहज होस् भनी सहयोग गरिएको हो । हरेक व्यक्तिले आफ्नो जन्मदिनको अवसरमा भड्किलो र समाजलाई कुनै प्रभाव नगर्ने,फजुल खर्च गर्ने चलनलाई परिवर्तन गरी समाजलाई प्रत्यक्ष रुपमा सकारात्मक प्रभाव गर्ने कार्यक्रम गरी मनाउने संस्कृतिको विकास गर्नु पर्नेमा एकेडेमीका अध्यक्ष डाक्टर धर्मेन्द्र कुमार शाहले जोड दिए ।

जन्मदिनमा यसप्रकारको उदाहरणिय कार्यको थालनी गरेकोमा प्रशंसा व्यक्त गर्दै आगामी दिनमा पनि यस्तो कार्यलाई निरन्तरता दिनलाई उर्जा मिलोस भन्दै जुनु कुमारी ताजपुरियाकी छाेरा भिवनलाई जन्मदिनको शुभकामना दिए ।