रामेछापमा प्रलोपा र कांग्रेसबीच चुनावी तालमेलको सहमति
काठमाडौं । रामेछापमा प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेस र प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)बीच चुनावी तालमेलको भएको छ । प्रलोपाले प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी निष्क्रिय पारेर कांग्रेसलाई सघाउने सहमति भएको हो । प्रलोपाबाट वीरेन्द्र श्रेष्ठ उम्मेदवार थिए ।
देशको गम्भीर राजनीतक संकट भ्रष्टाचार, नातावाद, बेरोजगारी एवम् राजनीतिमा देखिएको व्यापक भ्रष्टीकरण विरुद्दमा भएको पछिल्लो जेनजी आन्दोलनल उठाएको चुनौतीपूर्ण ऐतिहासिक कार्यभार पूरा गर्ने लक्ष्यका साथ नेपाली कांग्रेस पार्टी रामेछाप र प्रगतिशिल लोकतान्त्रिक पार्टी रामेछाप बीच तीन बुँदे सहमति भएको हो ।
सहमतिअनुसार प्रगतिशिल लोकतान्त्रिक पार्टीको प्रत्यक्ष उमेदवार (चुनाव चिन्ह आँखा ) को उम्मेदवारी निष्क्रिय गरी नेपाली कांग्रेसका उम्मेदवार (चुनाव चिन्ह रुख) लाई मतदान गर्ने निर्णय र समानुपातिक मतको सवालमा आ–आफ्नो पार्टीको चुनाव चिन्हमा मतदान गर्ने सहमति भएको छ ।
रामेछापमा कांग्रेसबाट रामचन्द्र खड्का, एमालेबाट माधव ढुंगेल, नेपाली कम्युनिष्ट(नेकपा)बाट श्यामकुमार श्रेष्ठ, रास्वपाबाट डा. कृष्णहरि बुढाथोकीलगायत उम्मेदवार छन् ।

प्रतिक्रिया दिनुहोस्: