कांग्रेस विवादः सर्वोच्चबाट गगन पक्षलाई कांग्रेसको आधिकारीकता प्रदान, देउवाको रिट खारेज
४ बैशाख २०८३
काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसको गगन थापाको समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय सदर गरेको छ ।
शुक्रबार न्यायाधीशहरु शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयलाई कानुनसम्म ठहर गरेको छ ।
सर्वोच्चको निर्णयसँग विशेष महाधिवेशनलाई मान्यता दिन नहुने शेरबहादुर देउवा समूहको माग अप्रत्यक्ष रुपमा अस्वीकृत भएको हो ।v

प्रतिक्रिया दिनुहोस्: