वास्तविक सुकुम्बासीका लागि प्रक्रिया पूर्याएर यथाशक्य चाँडो जग्गा वितरण गर्नेछौँः प्रधानमन्त्री
११ बैशाख २०८३
काठमाडौँ । प्रधानमन्त्री बालेन साहले काठमाडौँ उपत्यकाका खोला किनारमा रहेका सुकुम्वासी बस्तीलाई मानवीय ढंगले सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तयारी भइरहेको बताएका छन् ।
शुक्रबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री साहले हरेक वर्ष बाढीका कारण हजारौँ नागरिकको विचल्ली हुने गरेको बताएका छन् । उनले हरेक वर्ष ज्यान जोगाउन संघर्ष गर्नुपर्ने अवस्था आउने गरेको पनि स्मरण गरेका छन् । उनले यो समस्या वर्षौँदेखि दोहोरिँदै आएको बताए।
साहले अब यसलाई थाती नराखी दीर्घकालीन समाधान आवश्यक रहेको जोड दिएका छन् । प्रधानमन्त्रीले खोला किनारका बस्तीका कारण डुबानको जोखिम मात्रै नभई ढल निकास प्रणालीमा समेत अवरोध पुगेको बताएका छन् । जसले उपत्यकाको वातावरणीय समस्या थप जटिल बनाएको उनको तर्क छ।

प्रतिक्रिया दिनुहोस्: