कृष्ण सिटौला कांग्रेस राष्ट्रियसभा दलको नेताबाट हटाइए, कमला पन्तलाई जिम्मेवारी

१६ बैशाख २०८३

काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रियसभा संसदीय दलको नेताबाट कृष्णप्रसाद सिटौला हटाएर कमला पन्तलाई जिम्मेवारी दिएको छ ।

बुधबार प्रतिनिधिसभा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सिटौलालाई हटाएर पन्तलाई जिम्मेवारी दिएका हुन् । आङदेम्बेले नेपाली कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०८३) को धारा १२ (२) बमोजिम राष्ट्रिय सभा संसदीय दलको नेता पदमा पन्तलाई नियुक्त गरेका हुन् ।

सिटौलाले विशेष महाधिवेशनको विपक्ष्मा थिए भने पन्त विशेष महाधिवेशनको पक्षमा थिइन् ।