वैदेशिक रोजगार व्यवसाय संघको तृतीय उपाध्यक्षमा कृष्ण ढकालको उम्मेदवारी घोषणा

२३ जेष्ठ २०८३

काठमाडौं । स्वतन्त्र वैदेशिक रोजगार व्यवसायी संघको तर्फबाट वैदेशिक रोजगार व्यवसाय संघको तृतीय उपाध्यक्षमा कृष्ण ढकालको उम्मेदवारी घोषणा गरेका छन् ।

उनले आफनो बाचापत्र सहित वैदेशिक रोजगार व्यवसाय संघको तृतीय उपाध्यक्ष उम्मेदवारी दिएका हुन् । संघको सदस्य समेत रहेका ढकालले व्यवसायीहरूको हकहित संरक्षण, वैदेशिक रोजगार क्षेत्रको सुधार तथा संस्थागत सुदृढीकरणलाई मुख्य एजेण्डा बनाउँदै उनले आफ्नो बाचापत्र सार्वजनिक गरेका छन् ।

ढकालले वैदेशिक रोजगार क्षेत्र अहिले विभिन्न चुनौतीबाट गुज्रिरहेको उल्लेख गर्दै व्यवसायीको सम्मान, पेशागत सुरक्षा र क्षेत्रको दिगो विकासका लागि आफू प्रतिबद्ध रहेको बताएका छन् । उनले सम्पूर्ण व्यवसायीलाई आफ्नो उम्मेदवारीलाई समर्थन गर्न आग्रह गरेका छन् ।उनी स्वतन्त्र वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष समेत हुन् ।