प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चको उम्मेदवार : धुर्ब जी.सी
२३ जेष्ठ २०८३
काठमाडौं । प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च को तर्फबाट वैदेशिक रोजगार व्यवसाय संघको सदस्य पदमा धुर्ब जीसीको उम्मेदवारी घोषणा गरेका छन् ।
उनले आफनो बाचापत्र सहित वैदेशिक रोजगार व्यवसाय संघको सदस्य उम्मेदवारी दिएका हुन् । व्यवसायीहरूको हकहित संरक्षण, वैदेशिक रोजगार क्षेत्रको सुधार तथा संस्थागत सुदृढीकरणलाई मुख्य एजेण्डा बनाउँदै उनले आफ्नो बाचापत्र सार्वजनिक गरेका छन् ।
वैदेशिक रोजगार क्षेत्र अहिले विभिन्न चुनौतीबाट गुज्रिरहेको उल्लेख गर्दै व्यवसायीको सम्मान, पेशागत सुरक्षा र क्षेत्रको दिगो विकासका लागि आफू प्रतिबद्ध रहेको बताएका छन् । उनले सम्पूर्ण व्यवसायीलाई आफ्नो उम्मेदवारीलाई समर्थन गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्: