साउदीको ‘सिप परीक्षण’ कार्यक्रम म्यानपावर व्यवसायीको विरोधपछि स्थगित
३ असार २०८३
काठमाडौं । साउदी अरबले नेपाल सरकारसँग समन्वय नगरी एकतर्फी रूपमा लागू गर्न खोजेको अनिवार्य ‘सिप परीक्षण प्रमाणीकरण’ कार्यक्रम म्यानपावर व्यवसायीको चर्को विरोधपछि स्थगित भएको छ ।
बसुन्धरास्थित कार्यक्रमस्थलमा पुगेर व्यवसायीहरूले ‘सिन्डिकेट’ खारेजको नाराबाजी गर्दै बोर्ड र गेट हटाएपछि साउदी राजदूतसमेत उद्घाटनमा आउन सकेनन् ।
नयाँ नियमअनुसार साउदी जान चाहने श्रमिकले १५ हजार रुपैयाँ शुल्क तिरेर सिप परीक्षण पास गर्नुपर्ने व्यवस्था थियो, जसलाई व्यवसायीहरूले श्रमिकमाथिको थप आर्थिक भार र सिन्डिकेटको संज्ञा दिएका छन् ।
उक्त कार्यक्रमबारे श्रम मन्त्रालय नै अनभिज्ञ देखिएपछि यस विषयमा आधिकारिक समन्वय र स्पष्टताको अभाव प्रष्ट भएको छ। व्यवसायीको तीव्र दबाबपछि इन्डस्ट्रियल ट्रेनिङ इन्स्टिच्युट नेपालले हाललाई उक्त कार्यक्रम स्थगित गरेको घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्: