प्रा. डा. सुरेशराज शर्माको निधनप्रति गगन थापाद्वारा दुःख व्यक्त
७ आश्विन २०८३
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापाले काठमाडाैँ विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा. डा. सुरेशराज शर्माको निधनप्रति दुःख व्यक्त गरेका छन्।
थापाले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै नेपालको प्राविधिक तथा उच्च शिक्षाको विकासमा शर्माले पुर्याएको योगदान स्मरण गरेका छन्।
उनले काठमाडौं विश्वविद्यालयको स्थापनादेखि त्यसलाई संस्थाका रूपमा स्थापित गर्न शर्माले देखाएको दूरदृष्टि सदैव स्मरणीय रहने उल्लेख गरेका छन्।थापाले शर्माले देखाएको बाटो र दिएको शिक्षाले भावी पुस्तालाई समेत निरन्तर दिशानिर्देश गरिरहने बताएका छन्।
उनले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजन, आफन्त, विद्यार्थी तथा शुभेच्छुकप्रति हार्दिक समवेदना व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्: