तेक्वान्दो खेलाडी वैभवीले थाइल्यान्डमा जितिन् दुई रजत
काठमाडौँ । तेक्वान्दो खेलाडी वैभवी सापकोटाले थाइल्यान्डमा भएको १४औँ रोयल प्रिन्सेस कप अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै दुई रजत पदक जितेकी छिन् ।
बैङ्ककस्थित माहिडोल विश्वविद्यालयको हातामा रहेको स्पोर्ट्स हलमा भएको उक्त प्रतियोगितामा वैभवीले पुम्से विधा र क्योरुगी विधा दुवैमा दोस्रो हुँदै रजत पदक जितेकी हुन् ।
उक्त प्रतियोगितामा थाइल्यान्ड, फिलिपिन्स, म्यान्मा, भियतनाम, चीन, भारत, हङकङ, लाओस, कम्बोडिया, टर्की, ब्राजिल, अमेरिका, रसिया, इन्डोनेसिया, सिङ्गापुर, काजकिस्तानलगायत देशका खेलाडीको सहभागिता रहेको थियो । वैभवी असोज दोस्रो सातादेखि बैङ्ककमा रहेर तेक्वान्दोको प्रशिक्षण लिइरहेकी छिन् ।
वैभवीलाई बैङ्ककस्थित अल स्टार तेक्वान्दो एकेडमीले अनुबन्ध गरेसँगै उनले यसै एकेडेमीबाट उक्त प्रतियोगितामा सहभागिता जनाएकी हुन् । वैभवीलाई हालै मात्र तेक्वान्दो एसोसिएसन अफ थाइल्यान्डले सदस्यता पनि प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्: