गण्डकी प्रदेशका मुख्यमन्त्री नियुक्तिविरुद्धको रिट सर्वोच्चबाट खारेज

१७ बैशाख २०८१

१७ बैशाख , स्वच्छखबर, काठमाडौं ।  सर्वोच्च अदालतले गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तिविरुद्ध परेको रिट खारेज गरेको छ ।

सोमबार सर्वोच्चका न्यायाधीश सपना मल्ल प्रधान र सारंगा सुवेदीको इजलासले कांग्रेस संसदीय दलको नेता सुरेन्द्रराज पाण्डेले दर्ता गरेको रिट खारेज गरिदिएको हो ।सर्वोच्चको आदेशसँगै अधिकारी नेतृत्वको सरकारले वैधानिकता पाएको छ ।

एमाले संसदीय दलका नेता खगराज अधिकारीले सभामुखलाई समेत गणना गरेर दाबी गर्दै मुख्यमन्त्री बनेपछि कांग्रेस संसदीय दलका नेता पाण्डेले रिट दायर गरेका थिए ।