राष्ट्रपतिद्वारा संघीय संसदको दुबै सदनको अधिवेशन आह्वान

२० बैशाख २०८१

२० बैशाख , स्वच्छखबर, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संसदको बजेट अधिवेशन आव्हान गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले वैशाख २८ गते शुक्रबार दिउँसो २ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका हुन् ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफिारिस गरेको थियो ।