सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन सञ्चारमन्त्री शर्माकाे आग्रह

२० बैशाख २०८१

प्रतिनिधिसभाको शिक्षा, स्वस्थ्य तथा सूचना प्रविधि समितिमा आज भएको छलफलमा मन्त्री शर्माले राष्ट्रियसभाबाट पारितभएको विधेयकलाई आवश्यक सुधारसहित पारित गर्न समिति सदस्यहरूलाई आग्रह गर्नुभयो ।

मन्त्री शर्माले विधेयकमा तत्काल नेपाल टेलिभिजन र रेडियो नेपाललाई एकीकरण गरी सार्वजनिक प्रसारण सेवा बनाइने व्यवस्था रहेका भन्दै सो विधेयक विगतको पृष्ठभूमिका आधारमा तयार गरिएको र थप समृद्ध बनाउन जरूरी रहेको धारणा राख्नुभयो ।

त्यस्तै, मन्त्रालयका सचिव रामकृष्ण सुबेदीले विगतमा समितिको प्रतिवेदन र सरकारको नीतिका आधारमा नेपाल टेलिभिजन र रेडियो नेपाललाई एकीकरण गरेर सार्वजनिक प्रसारण सेवा बनाइने व्यवस्था गरिएको बताउनुभयो ।