तेडी बाध नदीमा नुहाउने क्रममा डुबेर दुई बालिकाको मृत्यु

३० बैशाख २०८१

कैलाली ।  कैलालीको कैलारी गाउँपालिका–८ लोहरपुर तेडी बाध नदीमा नुहाउने क्रममा आइतबार दुई बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कैलारी –८ लोहरपुरका सात वर्षीय अमिल खड्का र १३ वर्षीया दुर्गा साउँदको रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक सरस्वती अधिकारीले जानकारी दिइन् ।

उनका अनुसार बालक खड्काको घटनास्थलमै र बालिका साउँदको सेती प्रादेशिक अस्पताल मृत्यु भएकोे हो । दुवैको शव सेती प्रादेशिक अस्पतालमा राखिएको  प्रहरीले जनाएको  छ ।