सहकारी र गिरिबन्धुमा जोगिन एमाले र रास्वपाबीच मिलिभगत देखियोः महामन्त्री शर्मा

११ जेष्ठ २०८१

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसदमा कांग्रेसलाई सभामुख देवराज घिमिरेले बोल्न नदिएको बताएका छन् ।

शुक्रबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री शर्माले शुक्रबारको बैठकमा बोल्न समय माग गरेपनि बोल्न नदिएको बताएका हुन् । उनले सहकारी प्रकरणमा रास्वपालाई एमाले र गिरिबन्धुमा एमालेलाई रास्वपाले जोगाउन खोजिएको तर्क गरेका छन् ।

शर्माले सहकारी प्रकरणमा संसदीय छानबिन समिति बन्न नाम किटान नगर्ने हो भने त्यसको कुनै अर्थ नरहने जिकिर गरे । मिडिया हाउसका सञ्चालनको नागरिकताको बिषयमा उठेको बिषयमा सहयोग गर्न तयार छु भन्दा समातेको भन्दै उनले समात्ने निकायमा दुई वटा पासपोर्टको कारण आरोपी व्यक्ति रहेको उल्लेख गरे ।