महानगरका विभिन्न वडा कार्यालयबाट राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन हुने
२५ असार २०८१
२५ असार, स्वच्छ खबर, काठमाण्डौ । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले काठमाण्डौ महानगरपालिकाको विभिन्न वडा कार्यालयमा राष्ट्रिय परिचयपत्र स्टेशन सञ्चालन गर्ने भएको छ । यसअघि राष्ट्रिय सभा गृहमा परिचयपत्रका लागि विवरण सङ्कलन गर्ने काम भइरहेकामा सेवाग्राहीको चापलाई मध्यनजर गरेर विभिन्न वडा कार्यालयबाट विवरण सङ्कलन गर्न लागिएको हो ।
विभागले काठमाण्डौ महानगरको वडा नम्बर ३ महाराजगञ्ज, वडा नम्बर ८ जय बागेश्वरी, वडा नम्बर १५ स्वम्भू र वडा नम्बर ३१ सुविधानगरमा राष्ट्रिय परिचयपत्र स्टेसन सञ्चालन गरी सामाजिक सुरक्षा भत्ता नविकरणकोसमेत सहजिकरण गरिने जनाएको छ ।
विभागका अनुसार यसका लागि सम्बन्धित वडा कार्यालयलाई उपयुक्त कार्यकक्ष र जनशक्तिको व्यवस्थापनका लागि आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्: