ला लिगाको सिजनको पहिलो दुवै खेल बराबरीमा

३२ श्रावण २०८१

स्पेनिस लिग ला लिगाको सिजनको पहिलो दुवै खेल बराबरीमा सकिएको छ । बिहीबार राति भएको उद्धाटन खेलमा एथ्लेटिक क्लब र गेटाफेले १-१ गोलको बराबरी खेलेका हुन् ।

सान मामेसमा भएको खेलमा गेटाफेको लागि क्रिस्न्टुस उचेले एक गोल गर्दा एथ्लेटिक क्लबको लागि ओइहान सान्सेटले एक गोल गरे ।

यस्तै गएरातिनै भएको अर्को खेलमा रियल बेटिस र जिरोनाले १-१ गोलको बराबरी खेलेका हुन् । जिरोनाको लागि गाब्रियल मिसेहोउले गोल गर्दा बेटिसको लागि मार्क बार्ट्राले एक गोल गरे ।

बराबरीसँगै चार टोलीले एक/एक अंक जोडेका छन् ।