बौद्ध धर्म दिप छ्योर्तेन गुम्बाकाे शुभकामना आदान- प्रदान तथा सम्मान कार्यक्रम आगामी शनिबार

१२ भाद्र २०८१

काठमाडौं । बौद्ध धर्म दिप छ्योर्तेन गुम्बाले तामाङ धर्मावलम्बीहरुको आस्थाको केन्द्र गुम्बा निर्माण गर्न सहयोग गर्ने सहयोगीहरुका साथै विभिन्न व्यक्तित्वहरुलाई सम्मान गर्ने भएको छ ।

बौद्ध स्थित छ्योर्तेन टासी तामाङ गुम्बामा आगामी शनिबार भदौ १५ गते काभ्रेपलान्चोक जिल्लाको चौँरीदेउराली गाउँपालिका वडा नम्बर २ मा निर्माणधिन बौद्ध धर्म दिप छ्योर्तेन गुम्बा निर्माण कार्यका लागी आर्थिक सहयोग उपलब्ध गराउने दानपतिहरुलाई सम्माान गर्न लागेकाे हाे ।

उक्त कार्यक्रममा नवनियुक्त बागमती प्रदेशका मुख्य मन्त्री बहादुर सिंह तामाङ ,संघीय उर्जा जलस्रोत तथा सिंचाई राज्य मन्त्री  पुर्ण बहादुर तामाङ (कान्छाराम )र उद्योग वाणिज्य कृषि तथा प्रशासन मन्त्री शुकुमाया तामाङलाई बौद्ध धर्म गुरु लोप्साङ नामग्याल रेम्पोछेले हाँहरुको सफल कार्यकालका लागि  शुभकामना तथा बधाई दिने कार्यक्रम रहेको गुम्बाका अध्यक्ष टेकराज मोक्तानले जानकारी दिए ।

कार्यक्रममा उपस्थितिका लागि सम्पुर्ण धर्म मित्र तथा सहयोगी धर्मदान गर्नु भएको पुन्यवान महानुभाव सबैमा हार्दिक अनुराेध गरिएको छ ।