संविधान संशोधन गर्दा विचार नपुर्याए देश सम्हाल्नै नसक्ने अवस्थामा पुग्न सक्छ :अध्यक्ष दाहाल
७ आश्विन २०८१
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई ठूला दलले सत्ता प्राप्तीको लागि संविधान संशोधनको कथा बनाएको बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले संविधान संशोधनको कुरालाई ख्याल गर्दा सरकारको एजेण्डा संविधान संशोधनको नभएर माओवादीको सरकारलाई हटाएर सत्ता प्राप्ती गर्ने रहेको बताएका हुन् ।
प्रचण्डले संविधान संशोधन गर्दा विचार नपुर्याए देश सम्हाल्नै नसक्ने अवस्थामा पुग्न सक्ने बताए । राजनीतिक दलका शक्तिशाली नेताहरुले नै समानुपातिकता या संघीयता मन नपराउने भन्दै कसरी कार्यान्वयन गराउने भन्ने विषय ठूलो चूनौती रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्: