वर्तमान सरकारको रवैयाविरुद्ध उत्रिन रवि लामिछानेको आह्वान
४ कार्तिक, स्वच्छखबर, गण्डकी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान सरकारको रवैयाविरुद्ध उत्रिन आह्वान गरेका छन् ।
सहकारी ठगीमा अनुसन्धानका लागि हिरासतमा राख्ने म्याद थपका लागि आइतबार कास्की अदालमा उपस्थित गराउने क्रममा पत्रकारहरुसँग कुरा गर्दै सभापति लामिछानेले केपी ओली नेतृत्वको सरकारकाविरुद्ध उत्रिन आमजनतालाई आह्वान गरेका हुन् । उनले ओली सरकार रहुन्जेल जनताले धेरै दुःख पाउने बताए ।
उनले आफूलाई अदालतले न्याय दिने बताए । उनले भने, ‘अदालतले मलाई न्याय दिन्छ, मलाई न्यायालयप्रति एकदमै धेरै विश्वास छ । सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा पक्राउ परेका लामिछानेलाई आज जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ । शुक्रबार पक्राउ परी जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका उनीविरुद्ध अनुसन्धान गर्न म्यादको अनुमतिका लागि अदालतमा उपस्थिति गराइएको हो ।

प्रतिक्रिया दिनुहोस्: