तराईमा हुस्सु, उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने
२ माघ, स्वच्छखबर,काठमाडौं । मौसममा आज आंशिकदेखि सामान्य बदली भएको छ ।
तराईका भू(भागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ भने सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली भएको छ ।
बाँकी भू(भागमा भने सामान्यतया मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो र राति देशका उच्च पहाडी र हिमाली भू(भागका केही स्थानमा हिमपातको सम्भावना रहेको छ ।
मौसम बदली बुधबारसम्मै कायम रहने छ । मंगलबार र बुधबार पनि उच्च पहाडी र हिमाली क्षेत्रका केही ठाउँमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज तराई क्षेत्रमा हुस्सुले जनजीवन कष्टकर बनेको छ । बाक्लो हुस्सु र कुहिरोका कारण भिजिबिलिटीमा समस्या हुँदा सडक र हवाई यातायातमा पनि प्रभाव पर्न सक्ने भएकोले सावधानी अपनाउनसमेत महाशाखाले अपिल गरेको छ ।
प्रतिक्रिया दिनुहोस्: