परराष्ट्रमन्त्री पौड्याल श्रीलंकाको ७५औं वार्षिक उत्सवमा सहभागी हुने निश्चित

१६ माघ २०७९

१६ माघ,स्वचछखबर, काठमाडौं । सरकारले परराष्ट्रमन्त्री बिमला राई पौड्याललाई मित्रराष्ट्र श्रीलंकाको ७५औं वार्षिक उत्सवमा भाग लिन जानको लागि स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।

पौड्याल परराष्ट्रमन्त्री बनेपछिको यो पहिलो विदेश भ्रमण हो । परराष्ट्रमन्त्री पौड्याल बिहीबार श्रीलंकाको राजधानी कोलम्बो जाने तयारी मन्त्रालयले यस अघिदेखि नै गरिरहेका छ ।

भ्रमणका क्रममा पौड्यालले बेलायती उपनिवेशबाट स्वतन्त्र भएको ७५ औं बर्षगाठका अवसरमा श्रीलंका सरकारले आयोजना गर्ने विशेष समारोहमा सहभागी हुनुका साथै उच्चस्तरीय राजनीतिक भेटघाट समेत गर्ने कार्यतालिका रहेको मन्त्रालय स्रोतको भनाइ छ ।

श्रीलंकाका राष्ट्रपति रनिल बिक्रमासिंघेले ७५ औं स्वतन्त्रता बर्षगाठका अवसरमा मंगलबारदेखि आयोजना हुने कार्यक्रममा विभिन्न मुलुकका परराष्ट्रमन्त्री र उच्च पदस्थ अधिकारीलाई निम्त्याइएको छ । श्रीलंकन समकक्षी अलि साब्रिको निम्तोमा परराष्ट्रमन्त्री पौड्याललाई कोलम्बो जान लागेकी हुन् ।

भ्रमणका क्रममा परराष्ट्रमन्त्री पौड्यालले समकक्षी साब्रिसँग द्विपक्षीय भेटवार्ता गर्नेछिन् ।