१२ लाख स्मार्ट लाइसेन्स छाप्न ठेक्का

११ फाल्गुन २०७९

११ फागुन, स्वच्छखबर,काठमाडौं । सरकारले १२ लाख वटा स्मार्ट लाइसेन्सको कार्ड आपूर्तिका लागि ठेक्का सम्झौता गरेको छ ।

समयमै कार्ड आपूर्ति नहुँदा स्मार्ट लाइसेन्स छपाइ प्रभावित हुने भएपछि थप कार्ड आपूर्तिका लागि बुधबार ठेक्का सम्झौता भएको यातायात व्यवस्था विभागका महानिर्देशक तुल्सीराम गौतमले बताए ।

जर्मनीको मचल्बर आईडी सर्भिसले १४ लाख ९८ हजार डलर (करिब १९ करोड ८५ लाख रुपैयाँ) रुपैयाँको ठेक्का पाएको हो । ८ लाख ६१ हजार लाइसेन्स छाप्न बाँकी रहँदा विभागमा अहिले साढे ३ लाख मात्रै बार्ड बाँकी छन् ।

महानिर्देशक गौतम थप कार्ड आपूर्तिका लागि स्रोत सुनिश्चितता माग गरिसकेको बताउँछन् ।