रोल्पामा बस दूर्घटना हुँदा चार जनाको मृत्यु,करिब ९ जना गम्भीर घाइते

२३ श्रावण २०८०

२३ श्रावण, स्वच्छखबर, रोल्पा । रोल्पामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । रोल्पाको बाघमारादेखि दाङको घोराहीतर्फ गइरहेको ना ५ ख २६१२ नम्बरको बस रोल्पाको तिला बजार नजिकै रिसि घुम्तीमा मंगलबार दिउँसो दुर्घटना भएको हो ।

दुर्घटनामा परी दुई पुरुष र दुई महिला मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा करिब ९ जना गम्भीर घाइते भएका बताइएको छ ।

घाइतेहरुको उद्धार कार्य जारी रहेको र मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीको भनाइ छ । बस सडकबाट करिब एकसय मिटर तल खसेको थियो। केही यात्रु बसले च्यापिएको हुँदा मृत्यु हुनेको संख्या बढ्न सक्ने बताइएको छ । थप विवरण आउन बाँकी छ ।