महराजीकाबारेमा अनुसन्धान अगाडि बढाउन सीआइबीलाई भनिसकेका छौंः प्रधानमन्त्री
२८ श्रावण, स्वच्छखबर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अनुसन्धानको क्रममा गलत गरेको भेटिए कसैलाई पनि नछाडिने बताएका छन् । सोमबार पार्टीको बागमती प्रदेश कमिटी बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले दोषी भेटिए आफूलाई पनि हत्कडी लगाएर थुन्न आग्रह गरेका हुन् ।
माओवादी बागमती प्रदेश अध्यक्ष सरल सहयात्रीका अनुसार प्रधानमन्त्रीले अनुसन्धानमा प्रचण्ड गलत भेटिए पनि पक्राउ गर्न भनेका छन् ।
उनले भने,’अनुसन्धान गर्दै जाँदा प्रचण्डलाई अनुसन्धानको बाटोमा गलत भेटिन्छ भने पक्राउ गर्दा हुन्छ । तर सुन प्रकरणमा नाम जोडिएका सबैको अनुसन्धान हुन्छ ।’ प्रधानमन्त्रले आफ्नो पार्टी, आफ्नो परिवारको भनेर कसैलाई पनि नछाडिने बताए ।
उनले पार्टी उपाध्यक्ष कृष्णबहादुर महराकाबारेमा अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिइसकेको बताएका छन् । उनले भने, ‘पार्टीको व्यक्ति भनेर हुँदैन । महराजीको बारेमा अहिले कुरा आइरहेको छ । अनुसन्धान अगाडि बढाउन सीआइबीलाई भनिसकेका छौं ।’
प्रतिक्रिया दिनुहोस्: