जमुना रानाको ‘हेरेको होइन र ?’ तीज गीत सार्वजनिक

३१ श्रावण २०८०

३१ श्रावण, स्वच्छखबर, काठमाडौं । गायिका जमुना रानाको ‘हेरेको होइन र ?’ बोलको तीज गीत सार्वजनिक भएको छ । सुजन म्युजिक युट्युब च्यानलबाट सो गीत सार्वजनिक गरिएको हो ।

गीतमा राना, कुमार थापा, राम परियार, गुल्मेली जमुनाको स्वर रहेको छ भने हुम गैरेको शब्द रहेको गीतलाई जमुनाले नै संगीत गरेकी छन् । गीतको भिडियोमा गायिका राना, गुल्मेली जमुना, विवेक शर्मा, र कमल रानाले अभिनय गरेका छन् । भिडियो रानाले नै निर्देशन गरकी हुन् ।