वाणिज्य बैंकहरुले भदौ महिनाका लागि तोके ब्याजदर, कसको कति ?

३२ श्रावण २०८०

३२ श्रावण, स्वच्छखबर, काठमाडौं । वाणिज्य बैंकहरूले भदौ महिनाका लागि नयाँ ब्याजदर तोकेका छन् । धेरैजसो बैंकहरूले ब्याजदर बढाएका छन् भने केहीको स्थिर छ । कृषि विकास बैंक, सानिमा, कुमारी, ग्लोबल आईएमई, एनआईसी एसिया र सिटिजन्स बैंकले व्यक्तिगत मुद्दतीमा सबैभन्दा धेरै अधिकतम १०.८९६ प्रतिशतसम्मको ब्याजदर तोकेका छन् ।

यस्तै, एभरेस्ट र प्रभु बैंकले व्यक्तिगत मुद्दतीमा अधिकतम १० प्रतिशत ब्याजदर तोक्दा राष्ट्रिय वाणिज्य, माछापुच्छ्रे, सिद्धार्थ, हिमालयन, एसबीआई, नेपाल इन्भेस्टमेन्ट मेगा र एनएमबी बैंकले व्यक्तिगत मुद्दतीमा अधिकतम ९.९९ प्रतिशतसम्म ब्याजदर दिनेछन् ।

लक्ष्मी सनराइजले १०.४० तथा नबिलले अधिकतम १०.४९ प्रतिशतसम्म ब्याजदर तोकेका छन् । स्टान्डर्ड चार्टडको ब्याजदर भने सबैभन्दा कम ८.९२ प्रतिशत रहेको छ । नबिल, एसबीआई र हिमालयन बैंकले ब्याजदर स्थिर राखेका छन्।