जापानकी मिडफिल्डर मियावाजाले जितिन् गाेल्डेन बुट

३ भाद्र २०८०

३ भाद्र, स्वच्छखबर, काठमाडौं । जापानकी मिडफिल्डर हिनाता मियावाजाले फिफा महिला विश्वकप फुटबल २०२३ काे गाेल्डेन बुट अवार्ड जितेकी छिन् ।

प्रतियाेगिताभर सर्वाधिक ५ गाेल र १ असिस्ट गरेकी मियावाजाले गाेल्डेन बुट जितेकी हुन् । यस्तै फ्रान्सकी कादिदियातु दियानीले ४ गाेल र ३ असिस्टसहित सिल्भर बुट जितिन् । यस्तै जर्मनकी एलेक्स पाेलले ४ गाेलसहित तेस्राे स्थानमा रहँदै ब्राेन्ज बुट जितिन् ।

यसअघि गाेल्डेन बुट जित्नेहरू–

१९९१ : मिचेल एकेर्स – अमेरिका (१० गाेल)
१९९५ : एन–क्रिस्टिन एराेन्स – नर्वे (६ गाेल)
१९९९ : सिसी – ब्राजिल (७ गाेल), सन वेन – चीन (७ गाेल)
२००३ : बिरगिट प्रिन्ज – जर्मनी (७ गाेल)
२००७ : मार्टा – ब्राजिल (७ गाेल)
२०११ : हाेमेर सावा – जापान (५ गाेल)
२०१५ : सेलिया सासिक – जर्मनी (६ गाेल), कार्ली लाेयाेड – अमेरिका (६ गाेल)
२०१९ : मेगन रापिनाे – अमेरिका (६ गाेल)