मेस्सीको टोली इन्टर मियामी युएस ओपन कपको फाइनलमा

७ भाद्र २०८०

७ भाद्र, स्वच्छखबर, काठमाडौं । अर्जेन्टिनी सुपरस्टार खेलाडी लियोनल मेस्सीको कप्तानीमा रहेको इन्टर मियामी युएस ओपन कपको फाइनलमा पुगेको छ । बिहीबार बिहान भएको सेमिफाइनल खेलमा एफसी सिन्सिनाटीलाई पेनाल्टी सुटआउटमा ५-४ गोलले हराउँदै मियामीले फाइनलमा आफ्नो स्थान सुरक्षीत गरेको हो ।

टिक्युएल स्टेडियममा भएको खेलको निर्धारित ९० मिनेट २-२ गोलको बराबरीमा सकिएपछि अतिरिक्त समयमा पुगेको खेल ३-३ गोलको बराबरीमा सकिएपछि विजेताको टुंगो पेनाल्टी सुटआउटबाट गरिएको हो ।

अब मियामीले आगामी महिना हुने फाइनल खेलमा आज हस्टन ड्यानामो एफसी र रियल साल्ट लेकबीच जारी दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ ।