एसिया कप क्रिकेटः नेपाललाई लगातार दुई सफलता

१३ भाद्र २०८०

३ भाद्र, स्वच्छखबर, काठमाडौं । एसिया कपमा नेपालले पाकिस्तानको दोस्रो विकेट लिएको छ । कप्तान रोहित पौडेलले ओपनर इमाम उलहकलाई रनआउट गराएका हुन् । यसअघि नेपालका करण केसीले पहिलो विकेट लिएका थिए ।

करण केसीले पाकिस्तानी ओपनर फकहर जमानलाई १४ रनमा आउट गर्न सफल भएका हुन् । करणको ओभर लगत्तै बलिङ गर्न आएका सोमपालको बलमा रन लिन खोज्दा इमाम उल हकलाई कप्तान रोहित पौडेलले रन आउट गर्न सफल भएका हुन् । पाकिस्तानले एसिया कप क्रिकेटमा नेपालविरुद्ध पहिला ब्याटिङ गरिरहेको छ ।