लुम्बिनी विकास कोषको उपाध्यक्षमा ल्हारक्याल लामा नियुक्त

२१ श्रावण २०८०

२१ श्रावण, स्वच्छखबर, काठमाडौँ ।  पूर्वसांसद ल्हारक्याल लामालाई सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गरेको छ ।

मन्त्रिपरिषद्को पछिल्लो बैठकले लामालाई कोषको उपाध्यक्षमा नियुक्त गरेको हो ।सरकारले आफूलाई कोषको उपाध्यक्षमा मनोनीत गरेको लामाले बताए ।

माओवादी केन्द्रीय सदस्य रहेका लामाले आइतबार नै नियुक्तिपत्र बुझेका छन् । उनी २०६७ सालमा झलनाथ खनाल नेतृत्वको सरकारमा अर्थराज्यमन्त्री नियुक्त भएका थिए ।