१६ वर्षपछि नेपाल विश्व भारोत्तोलनमा च्याम्पियनसिपमा सहभागी हुँदै

१६ भाद्र २०८०

१६ भाद्र, स्वच्छखबर, काठमाडौँ । नेपालले विश्व भारोत्तोलन च्याम्पियनसिपमा १६ वर्षपछि सहभागिता जनाउने भएको छ । यही भदौ १७ देखि ३१ गतेसम्म रियादमा हुने आइडब्लुएफ विश्व च्याम्पियनसिपमा तीन पुरुष र दुई महिला गरी पाँच खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।

पुरुष ८१ केजीमा विकास भट्ट, ९६ केजीमा विशालसिंह विष्ट र १०९ केजीमा सागर भण्डारीले प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै महिला ५५ केजीमा टीकामाया गुरुङ तथा ६४ केजीमा शारदा चौधरीले खेल्ने छन् । प्रशिक्षकमा जीवन गौतम, निर्णायकमा पार्थ सारथी सेन गुप्त र व्यवस्थापकमा रामसुन्दर श्रेष्ठ छन् । गुप्त आजै रियाद प्रस्थान गरिसकेका छन् ।

नेपाल भारोत्तोलन सङ्घका अध्यक्ष रामकृष्ण श्रेष्ठ (बोस) पनि प्रतियोगिता दौरान हुने विश्व भारोत्तोलन महासङ्घको कांग्रेसमा सहभागी हुन रियाद जानेछन् । व्यवस्थापक श्रेष्ठ, प्रशिक्षक गौतम, खेलाडी शारदा र टीकामाया सेप्टेम्बर ४ रियाद जाँदैछन् ।

सेप्टेम्बर ८ मा विशाल र विकास रियाड उड्नेछन् अध्यक्ष श्रेष्ठ र खेलाडी सागर सेप्टेम्बर ११ मा रियाद प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।