नेपालगञ्जमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

१६ आश्विन २०८०

१६, असोज, स्वच्छखबर,नेपालगंज । हिन्दू र मुस्लिम समुदायबीच तनाव बढेपछि स्थानीय प्रशासनले नेपालगञ्जमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । ओमकार परिवारले निकालेको शान्तिपूर्ण प्रदर्शनमा सिसा प्रहार भएपछि भिड तितरबितर भई धार्मिक दंगाको स्थिति उत्पन्न हुँदा जिल्ला प्रशासन कार्यालय बाँकेले कर्फ्यु लगाएको हो ।

मोहम्मद डेको दिन नरैनापुरका एक युवाले सामाजिक सञ्जालमा इस्लाम समुदायप्रति जथाभावी लेखेपछि बाँकेमा धार्मिक तनाव बढेको थियो । मंगलबार बिहान नेपालगञ्जमा धार्मिक तथा सामुदायिक सद्भाव र्याली निकालिएको थियो ।

ओमकार परिवारले नेपालगञ्ज बन्द र शान्तिपूर्ण र्याली निकालेको थियो । त्यसमा सिसाका बोतल प्रहार भएपछि स्थिति नियन्त्रणबाहिर जान लागेको भन्दै प्रशासनले कर्फ्यु लगाएको हो ।