नेपालद्वारा गाजाको अस्पतालमा भएको हमलाको निन्दा

२ कार्तिक २०८०

२ कार्तिक स्वच्छखबर,काठमाडौँ ।  नेपाल सरकारले प्यालेस्टिनी क्षेत्र गाजास्थित अल अहली अस्पतालमा भएको हमलाको निन्दा गरेको छ । परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गरी अस्पताल, स्वास्थ्यकर्मी, बिरामी र सर्वसाधारणमाथिका आक्रमणको निन्दा गरेको हो । विज्ञप्तिमा अस्पतालमा निर्दोष नागरिकको हत्या भएकोमा नेपाल सरकार स्तब्ध भएको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘अस्पताल, स्वास्थ्यकर्मी, बिरामी र सर्वसाधारणमाथि भएको यस आक्रमणको हामी निन्दा गर्दछौं र शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौं । घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं ।’

नागरिकको सुरक्षाको आह्वान गर्दै नेपालले सबै विवादको समाधान शान्तिपूर्ण वार्ताबाट समाधान गर्न आग्रह गरेको छ ।

Press Release

The Government of Nepal is deeply shocked by the killing of innocent civilians in a hospital in Gaza yesterday. We condemn this attack against the hospital, medical personnel, patients, and civilians and convey our heartfelt condolences to the bereaved families. We offer prayers for the speedy recovery of the injured people.

We are seriously concerned about the attack against civilians. We call for the protection of civilian people in all circumstances. We believe in peace and urge for peaceful and negotiated settlement of the dispute.

 

Ministry of Foreign Affairs
Singha Durbar, Kathmandu
19 October 2023