इजरायलमा मारिएका विद्यार्थीको शव काठमाडौं ल्याइयो

५ कार्तिक २०८०

५ कार्तिक स्वच्छखबर,काठमाडौँ  ।  इजरायलमा हमासको आक्रमणमा परि मारिएका दशमध्ये चार नेपाली विद्यार्थीको शव आइतबार काठमाडौं ल्याइएको छ । इजरायलस्थित नेपाली राजदूतावासले पहिलो चरणमा चरणमा दीपेशराज विष्ट, लोकेन्द्रसिंह धामी, नारायणप्रसाद न्यौपाने र आशिष चौधरीको शव नेपाल पठाइएको जनाएको छ ।

अन्य ६ जना नेपालीको शव भने पहिचान गर्नेे र पठाउने प्रक्रिया पूरा गर्न केही दिन लाग्ने दूतावासले जनाएको छ । चारै जनाको शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमपछि आजै धनगढी लैजाने तयारी गरिएको छ । शवलाई श्रद्धाञ्जली दिन परराष्ट्रमन्त्री एनपी साउद त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

कानुनी प्रक्रिया पूरा भएका चार विद्यार्थीको शव स्थानीय समयअनुसार शनिबार दिउँसो फ्लाइ दुबईको उडानबाट नेपाल पठाइएकामा आइतबार बिहान शव आइपुगेको हो ।