दुर्घटनामा घाइते भएका मनाङ एयरका पाइलट सेढाईंको निधन

८ कार्तिक २०८०

७ कार्तिक स्वच्छखबर, काठमाडौँ । सोलुखुम्बुको लोबुचेमा भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनामा घाइते भएका क्याप्टेन प्रकाश सेढाइँको उपचारको क्रममा निधन भएको छ ।

दुर्घटनापछि भएको आगलागीमा परी गम्भीर घाइते भएका क्याप्टेनलाई तत्काल उद्धार गरी धुम्बराईस्थित ह्याम्स अस्पताल र त्यसपछि थप उपचारका मुम्बईस्थितनेसनल बर्न सेन्टर लगिएकोमा उपचारको क्रममा उनको निधन भएको नागरिक तथा उड्डयन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले क्याप्टेन सेढाइँको निधन प्रति गहिरो दुःख समेत व्यक्त गरेको छ । गत शनिबार बिहान लुक्लाबाट सोलुखुम्बुमा पर्यटक लिन गएको मनाङ एयरको हेलिकप्टर अवतरण गर्ने बेला दुर्घटनामा परेको थियो ।