प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
१० कार्तिक २०८०

१० कार्तिक स्वच्छखबर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।
शुक्रबार दिउँसो सिंहदरबारमा दुई नेताबीच भेटवार्ता भएको हो । संक्रमणकालीन न्याय तथा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणका विषयमा तथा अन्य समसामयिक विषयमा दुई नेताबिच छलफल हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्: