सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको १ लाख १६ हजार

१० कार्तिक २०८०

१० कार्तिक स्वच्छखबर, काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको प्रतितोला मूल्य १ लाख १६ हजार रूपैयाँमा कारोबार भइरहेको छ।

यसअघि कात्तिक ३ गते तोलामा एक लाख १५ हजार ५०० रुपैयाँमा कारोबार हुँदै नयाँ रेकर्ड बनाएको थियो। उक्त रेकर्ड ब्रेक गर्दै आज नयाँ रेकर्ड कायम भएको छ।

त्यस्तै आज तेजावी सुनको प्रतितोला १ लाख १५ हजार ४५० रूपैयाँमा कारोबार भइरहेको छ। चाँदी तोलामा एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।