टी-२० विश्वकप छनोटका लागि १५ सदस्यीय नेपाली टोली घोषणा,सन्दीपले पनि खेल्ने

११ कार्तिक २०८०

११ कार्तिक स्वच्छखबर, काठमाडौँ । टी–२० विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगिताका लागि नेपाली क्रिकेट टोली घोषणा गरिएको छ । रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा भएको हो ।

टोलीमा पूर्व कप्तान सन्दीप लामिछाने फर्किएका छन् । यस्तै क्यानले विनोद भण्डारीलाई पनि समावेश गरेको छ। एसिया क्षेत्र छनोट ३० अक्टोबरदेखि काठमाडौंमा सुरु हुँदैछ ।

टोलीमा कप्तान रोहित पौडेल, आशिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुल्शन झा, सोमपाल कामी, करण केसी, अविनाश बोहोरा, प्रतीश जिसी, विवेक यादव, सन्दीप लामिछाने, ललित राजवंशी र विनोद भण्डारी रहेका छन् ।