हमासको आक्रमणमा मारिएका बाँकी दुई विद्यार्थीको पनि शवको पहिचान

१३ कार्तिक २०८०

१३ कार्तिक स्वच्छखबर,काठमाडौँ । इजरायलमा हमासको आक्रमणबाट मारिएका थप दुई नेपाली विद्यार्थीको शवको पहिचान खुलेको छ । राजेशकुमार स्वर्णकार र आनन्द साहको शवको पहिचान भएको हो ।

योसँगै मारिएका सबै विद्यार्थीको शवको पहिचान खुलेको इजरायलस्थित नेपाली राजदूतावासले जनाएको छ । यसअघि आठ विद्यार्थीको शवको पहिचान भएको थियो । आक्रमणमा परी घाइते भएका ४ जना विद्यार्थीमध्ये २ जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।

एक जना नेपाल पुगिसकेका र एक जना दूतावासको हेरचाहमा रहेका दूतावासले जानकारी दिएको छ । साथै सम्पर्कविहीन विपिन जोशीको सम्पूर्ण संयन्त्रहरूको प्रयोग गरी खोजी कार्य जारी राखिएको दूतावासले जनाएको छ ।