गुटेरेसले आज संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै

१४ कार्तिक २०८०

१३ कार्तिक स्वच्छखबर, काठमाडौँ । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आज संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दैछन् । महासचिव गुटेरेसले अपराह्न ४ बजे संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

सम्बोधन लगत्तै सोही बैठकले महासचिव गुटेरेसलाई धन्यवाद ज्ञापन प्रस्ताव पारित गर्नेछ । राष्ट्रसंघका महासचिव गुटेरेससँग नेपाल भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली लगायत विभिन्न राजनीतिक दलका नेताहरुले भेटवार्ता गरेका छन् । गुटेरेसले सगरमाथा क्षेत्र तथा पोखराका विभिन्न क्षेत्रको अवलोकन भ्रमण समेत गरेका छन्।