जिप दुर्घटनामा परी २२ जना घाइते

४ मंसिर २०८०

४ मंसिर स्वच्छखबर, रुकुम पश्चिम । रुकुम पश्चिममा जिप दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । रुकुम पश्चिमको चौरजहारीबाट मुसीकोटतर्फ आउदै गरेको लु १ ज २२९७ नम्बरको जिप चौरजहारी नगरपालिका–८ गोइरीज्यूला नजिक दुर्घटना भएको हो ।

जिप दुर्घटनामा परि २२ जना घाइते भएका छन् । सबै घाइतेहरूलाई चौरजहारी मिसन अस्पतालमा पुर्याइएको छ । प्रहरीका अनुसार घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ ।