अनधिकृत रुपमा संचालित औषधि पसललाई कानुनीरुपमा सच्याउन महानगरको अल्टिमेटम

२० मंसिर २०८०

२० मंसीर स्वच्छखबर, काठमाडौँ ।  काठमाडौं महानगरपालिकाले काठमाडौँ महानगरभित्र अनधिकृत रूपमा औषधि पसल सञ्चालन भएको पाइए कारबाही गर्ने चेतावनी दिएको छ ।

महानगरका मेयर बालेन साहले बुधबार सामाजिक संजालमार्फत अनधिकृत रुपमा औषधि पसल संचाल भइरहेको जनगुनासो आएको भन्दै कारबाहीको चेतावनी दिएका हुन् । उनले महानगरपालिकाको स्वास्थ्य विभागबाट अनुगमन गर्दा अनधिकृत व्यक्तिबाट चिकित्सकको प्रेस्किप्सनबिनै जथाभावी औषधि बिक्री वितरण भइरहेको पाइएको उल्लेख गरेका छन् । त्यस्ता औषधि पसललाई यही मंसिर २९ गतेभित्र आफ्ना अवैधानिक कार्य कानुनबमोजिम सच्याउन मेयर साहले निर्देशन दिएका छन् ।

महानगरपालिका क्षेत्र भित्र सञ्चालित औषधि पसलहरूले सुधारात्मक कार्यहरू गरेको नपाइए बन्द गर्ने उनले चेतावनी दिएका छन् ।