साढे ६ किलो सुनसहित विमानस्थलबाट इजिप्टका नागरिक पक्राउ

२४ मंसिर २०८०

२४ मंसीर स्वच्छखबर, काठमाडौं ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ६ किलो सुन बरामद भएको छ । शनिबार राति ११ बजेर ५१ मिनेटमा फ्लाइ दुबईको जहाजबाट काठमाडौं आएका इजिप्टका नागरिकको साथबाट साढे ६ किलो सुन बरामद भएको विमानस्थल प्रहरी प्रमुख डीआईजी अर्जुन चन्दले जानकारी दिएका छन् ।

उनलाई सुन भन्सारबाट पास भइ बाहिरिसकेपछि प्रहरीले पक्राउ गरेको हो । गत बिहीबार गोरखाका चन्द्र घले १४ किलो सुनसहित पक्राउ परेका थिए ।