विपिन जोशीको रिहाइका लागि प्रयास जारी

२४ मंसिर २०८०

२४ मंसीर स्वच्छखबर, काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद र कतारका विदेश राज्यमन्त्री डा. मोहम्मद बिन अब्दुलअजीज अल खुलाईफीबीच आइतबार भेटवार्ता भएको छ ।

भेटमा परराष्ट्रमन्त्री साउदले प्यालेस्टाइनी लडाकू समूह हमासको नियन्त्रणमा रहेका विपिन जोशीको छिट्टै रिहाइका लागि कतारलाई सहजीकरण गर्न अनुरोध गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

जवाफमा विदेश राज्यमन्त्रीले जोशीको रिहाइका लागि कतार सरकारले प्रयास जारी राखेको जानकारी गराएका थिए ।