एमाले मात्र देशको मजबुद शक्ति भएको ओलीको दाबी

३० मंसिर २०८०

३० मंसीर स्वच्छखबर, फिदिम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई बचाउन एमालेको एकल बहुमतको सरकार आवश्यक भएको बताएका छन् । शनिबार पाँचरको फिदिममा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेको एक बहमुतको सरकारका लागि कार्यकर्तालाई जुट्न आग्रह गरे ।

उनले भने, ‘देशको विकास गर्न एमालेजस्तो राष्ट्रवादी पार्टीले एकल सरकार बनाउनुपर्छ। एकल बहुमत ल्याउन हामीले अर्को चुनाव पर्खिनुपरेको छ ।’

ओलीले अस्थिरताको अन्त्य गर्न देशमा मजबुद शक्तिको सरकार आवश्यक भएको भन्दै एमाले मात्र देशको मजबुद शक्ति बन्नसक्ने दाबी गरे ।

उनले ताप्लेजुङको घुन्सा र मध्यपहाडी लकमार्गको उद्गमबिन्दु चिवा भञ्ज्याङलाई आर्थिक नाका बनाउन सकिने बताए। उनले भने, ’भारतसँग जोडिएको चिवा भञ्ज्याङलाई नाका खोल्न सकिन्छ। त्यसको लागि एमालेले पहल गर्नेछ ।’