पाचौं इन्ट्रा म्याड्रिस्टा फुटसलको लागि काठमाडौंको गल्स टोलीको घोषणा

१५ पुष २०८०

१५ पुष, स्वच्छखबर, पोखरा । स्पेनिस क्लब रियल म्याड्रिडको आधिकारिक फेन क्लब रियल म्याड्रिड फेन क्लब नेपाल-पोखराको आयोजनमा हुने पाचौं इन्ट्रा म्याड्रिस्टा फूटसल प्रतियोगिताको लागि काठमाडौंको गल्स टोलीको घोषणा भएको छ । क्लबको पोखरा विङ्सको आयोजनामा यहि पुस २१ गते पोखराको बी-फिट स्पोर्ट्समा हुने प्रतियोगिताको काठमाडौंले आफ्नो गल्स टोलीको घोषणा गरेको हो ।

काठमाडौंको टोलीमा रेजिना मगर(कप्तान), प्रजिता बजगाईं(गोलकिपर), समिता कार्की, उशिन गौचन, सामना गौतम, मालती लायो मगर, ममता घर्ती मगर र आरती राउत रहेका छन् । काठमाडौंको गल्स टोलीको म्यानेजरको रुपमा उन्नती श्रेष्ठ रहेकी छिन् भने सह-म्यानेजरको रुपमा कुसुम भुजेल र मनिमा थापा रहेकी छिन् ।

प्रतियोगिताको सोहि दिन काठमाडौंको गल्स टोलीको पोखराको गल्स टोलीसँग खल्ने तालिका रहेको छ । पोखराको गल्स टोलीको भने हालसम्म घोषणा भएको छैन । प्रतियोगितामा पुरुषतर्फ क्लबका ८ विङ्सको टोलीले सहभागिता जनाउनेछन् । सहभागी टोलीमा आयोजक पोखराको दुई टोलीसँगै क्लबको अन्य विङ्स प्रदेश १, काठमाडौं, चितवन, बुटवल, हेटौंडा र नुवाकोट रहेको आयोजकले जनाएको छ । पुरुषतर्फका सहभागी टोलीले आफ्नो खेलाडीको नाम घोषणा गरिसकेका छन् ।

प्रतियोगिताको विजेता र उपविजेताले नगद पुरस्कारसँगै शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।