राष्ट्रियसभा निर्वाचनमा समन्वय गर्न समिति गठन

२५ पुष २०८०

२५ पुष, स्वच्छखबर, काठमाडौँ । राष्ट्रियसभा निर्वाचनमा समन्वय गर्न सत्ता गठबन्धनले समिति गठन गरेको छ । मंगलबार साँझ बसेको सत्ता गठबन्धन बैठकले चार दलबाट एक–एक नेता रहने गरी समिति बनाएको हो ।

जसमा नेपाली कांग्रेसका प्रमुख सचेतम रमेश लेखक, नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन, नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्र पाण्डे र जनता समाजवादी पार्टी (जसपा)का प्रवक्ता मनिष सुमन छन् । समितिले निर्वाचन परिणाममुखी बनाउन सबैसँग छलफल गर्ने जसपाका प्रवक्ता सुमनले जानकारी दिए ।

समितिको पहिलो बैठक बुधबार दिउँसो २ बजे सिंहदरबार बस्ने उनले बताए । सत्ता गठबन्धनले माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि १९ जना उमेदवार उठाएको छ । जसमा कांग्रेसबाट १०, माओवादी ६, एकीकृत समाजवादी दुई र जसपाबाट एकजना छन् ।