रेशम चौधरी पार्टी अध्यक्षमा निर्विरोध निर्वाचित

२७ पुष २०८०

२७ पुष, स्वच्छखबर,धनगढी । नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी निर्विरोध निर्वाचित भएका छन्। कैलालीको टीकापुरमा जारी पार्टीको प्रथम महाधिवेशनबाट चौधरी पार्टी अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।

नेतृत्व चयनका लागि भएको निर्वाचन प्रक्रियाका क्रममा अध्यक्षका लागि रेशमको मात्रै उम्मेदवारी परेको हो । अध्यक्षका लागि रेशमपत्नी रञ्जिता श्रेष्ठ पनि दौडमा थिइन् ।

तर वर्तमान अध्यक्ष रञ्जिताले निर्धारित समयमा उम्मेदवारी दिइनन् । चौधरी सर्वसम्मत भए पनि निर्वाचन समितिले औपचारिक घोषणा गरेको छैन । यसअघि पार्टीको संरक्षक रहेका चौधरी २०७४ मा कैलाली १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।